१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०४:५६


होमप्रसाद लम्साल ।

अमेरिका । मातृभुमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष सुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्। तत्काल २५ उपलब्ध गराउने र बाँकी उपलब्ध गराउँदै जाने बताए।

सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।

निकट भविष्यमा हुन लागेको चुनावमा अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछानेले कोभिड प्रभावित नेपालीको सहयोगको लागि आह्वान गरेका थिए। एनआरएन अमेरिकाका अध्यक्ष पदका उमेदवारहरु कृष्ण लामीछाने र बुद्धि सुवेदीले पनि आआफ्नो टिमबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।

विगतमा पनि अमेरिकामा विभिन्न संघसस्थाहरुले भुकम्पका बेला मनपरि सहयोग रकम उठाएर हिनामिना गरिएको भन्दै यस पटक पनि सस्थाहरुले उठाउन थालिएको रकमको पारदर्शितामाथी प्रश्न चिन्न खडा भएका छन्। नेपालमा कोरोना बढी रहेको बेला अमेरिकामा रहेका अन्य संघ सस्थाहरुले पनि रकम उठाउन थालेका छन्।