२८ बैशाख २०८१, शुक्रबार
Follow Us

९,२७१ जनामा संक्रमण, १३९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७८, सोमबार १३:३९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् । २४ घण्टामा संक्रमणमा कारण १३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् भने, आजसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।