६ श्रावण २०८२, मंगलवार
Follow Us

नेपाल – यूएई हवाई उडानमा रोक

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७८, सोमबार २०:३०

लण्डन । संयुक्त अरब ईमिरेट्स (यूएई) सरकारले मे १२ अर्थात् बुधबार राती १२ बजेदेखि नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ।

नेपालसंगै यूएई जान प्रतिबन्धित लगाएको राष्ट्रहरु बंगलादेश, पाकिस्तान र श्रीलंका रहेको छ। यो निर्णय सोमबार यूएई सरकारले गरेको हो।

गल्फ न्यूजका अनुसार कोरोना भाइरस संक्रमण फैलिरहेको बेला यी देशका नागरिकहरुलाई अनिश्चत समयको लागि प्रवेश निषेध गरिएको छ।

धेरै पढिएको