१५ बैशाख २०८१, शनिबार
Follow Us

कोभिड विरुद्धको अभियानमा जुट्न एनआरएनएको अपील

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७८, मंगलवार ०४:१३

लण्डन । कोभिड विरुद्धको अभियानमा जुट्न गैरआवासीय नेपाली संघले आब्हान गरेको छ । अहिले कोभिडको नयाँ भेरियन्टले नेपालमा भयाभय रुप लिए पछि संघले विदेशमा रहेका नेपालीहरुलाई सहयोगको लागि जुट्न आग्रह गरेको हो ।
संघले सोमवार विश्वभर छरिएका आफ्ना शाखाहरुलाई एक पत्र लेख्दै कोभिड विरुद्धको अभियानमा सहयोग गरिदिन हुनको लागि सादर अनुरोध गरेको छ ।

संघद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

आदरणीय अभियन्ताज्यूहरु,

गैरआवासीय नेपाली संघले पहिलो चरणको कोभिड १९ को माहामारीमा विभिन्न एनसिसिहरुको सहयोगमा नेपाल सरकार र नेपालमा विभिन्न जिल्लामा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराई जोखिम न्यनुनीकरण गर्न सहयोग गरेको यहाँहरुलाई जानकारी नै छ ।

अहिले कोभिडको नयाँ भेरियन्टले विश्व नै ठूलो माहामारीको चपेटमा परेको छ । यसको संक्रमणले हाम्रो मुलुकमा भयाभय रुप लिएको छ । कयौं नागरिक यसको संक्रमणमा परेका छन । अहिले ठूलो संख्यामा बालबालिका र युवा पुस्ता नराम्रोसंग संक्रमित भईरहेका छन् । समयामा उपचार नपाएर संक्रमितहरुको ज्यान गई रहेको छ । शव जलाउने ठाउँ नभएर खोलाका बगरहरुमा लाशहरु जली रहेका छन् । दिनहु जसो ५० जना भन्दा बढीको ज्यान गईरहेको छ ।

हाल नेपालका अस्पतालहरुमा अक्सीजनका साथै अस्पतालमा बेडहरुको चरम अभाव रहेको छ । यसैलाई मध्यनजर गरेर अस्ती ७ मईका दिन संघका अध्यक्षज्यूको अध्यक्षतामा एक आकस्मिक बैठक बसेको यहाँलाई अवगत नै छ । उक्त बैठकले तत्काल नेपालमा करिब २ करोड बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने र साथै नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय समेत गरेको छ ।

उक्त बैठकले यस दोश्रो चरणको कोभिड विरुद्धको अभियानमा आर्थिक सहयोग गर्न आह्वान पनि गरेको छ । विभिन्न एनसिसिहरुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषदले सहयोगको रकम प्रतिबद्धता गरिसकेका छन् । रकमहरु जम्मा हुन थालेको छ र कति जम्मा हुने क्रममा रहेको छ ।

यस कार्यमा आआफ्नो तर्फबाट सहयोग गरी तलको खातामा जम्मा गरीदिई कोभिड विरुद्धको अभियानमा सहयोग गरिदिन हुनको लागि सादर अनुरोध गर्दछौ ।

यस संक्रमणबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

BANK Account number:

Account Number: 012500000402524
Account Name: NRNA Charity Fund
Bank Name: Bank of Kathmandu
Branch:Tripureshwor
Swift Code: BOKLNPKA

गैरआवासीय नेपाली संघ, सचिवालय ।