काठमाडौं । कोशी अञ्चलका विभिन्न अस्पतालमा उपचाररत २४ जना र संक्रमितको निधन भएको छ । कोशी अञ्चलनका विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ र लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक(एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।
उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२स्३० बजे मृत्यु भएको हो । उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताए ।