६ श्रावण २०८२, मंगलवार
Follow Us

कोरोनाबाट एकै दिन २१४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७८, बिहीबार १२:३९

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिन २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५०५५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यासमेत जोडर भएको हो । काठमाडौंमा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना गरी उपत्यकामा ३५६२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको