५ श्रावण २०८२, सोमबार
Follow Us

नेपााल बायु सेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिएर काठमाडौं आउँदै

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७८, सोमबार ०४:१९

काठमाडौं । अक्सिजनको सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज काठमाडौं आउँदैछ । चास सय ५० थान थान अक्सिनको सिलिन्डर लिएर जहाज आज दिउँसो दुई बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो ।

अक्सिजन सिलिण्डरको अर्को खेप लिन जहाज आजै राति पुनः बेइजिङ उड्ने तालिका रहेको छ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । निगमको जहाज आज राती ११ बजे पुन बेइजिङतर्फ उड्दैछ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुन्मिङबाट बिहान काठमाडौं आइपुगेको छ । त्यस्तै आजै राति सवा ८ बजे पुनः कुन्मिङ तर्फ उड्दैछ ।

त्यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज आज राति ९ बजे काठमाडौं आएर ११ बजे फर्कने तालिका रहेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रशासनले जनाएको छ ।

धेरै पढिएको