५ श्रावण २०८२, सोमबार
Follow Us

एमाले कार्यदलः पार्टीमा एकता र समझदारी वृद्धि गर्न आह्‍वान

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७८, मंगलवार १४:००

काठमाडौं । एमाले समस्या समाधान गर्न गठन गरेको द्विपक्षीय कार्यदलले पार्टीमा एकता र समझदारी वृद्धि गर्न आह्‍वान गरेको छ ।

कार्यदलको पहिलो बैठकले पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्‍वान गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पनि पार्टीपंक्तिलाई सहयोग र सदभावको लागि आग्रह गर्ने निर्णय गरेको छ ।

कार्यदलले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

धेरै पढिएको