५ श्रावण २०८२, सोमबार
Follow Us

महतो जसपा संसदीय दलको नेता चयन

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७८, मंगलवार १४:०१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो रहेको पत्र संसद सचिवालयमा मंगलबार दर्ता भएको छ। अध्यक्ष महन्थ ठाकुर संसदीय दलको बैठकले नेता चयन भएको पत्र दर्ता गराउनुभएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि मंगलबार नै संसद सचिवालयलाई पत्र लेख्दै दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन ध्यानाकर्षण गराउनुभएको छ ।

धेरै पढिएको