५ श्रावण २०८२, सोमबार
Follow Us

सात जना गैरसांसद मन्त्रीलाई काम गर्न नदिने सर्वोच्चको फैसला कार्यान्वयन हुन्छः ज्ञवाली

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १३:०८

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले ७ मन्त्रीको पुनर्नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने बताउनुभएको छ ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसित कुरा गर्दै ज्ञवालीले अदालतको फैसलाप्रति आफूहरुको फरक राय भएपनि निर्णय मान्ने प्रतिक्रिया दिनुभएको छ । ‘आदेशको पूर्णपाठ हेर्न पाएको छैन । अदालतको फैसलाबारे सधैंभरी हाम्रो एउटै भनाइ छ, त्यसप्रति कतिपय हाम्रा फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो ।

गैर सांसद मन्त्रीहरूले पुनर्नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले पुनर्नियुक्ति बदर गरेको हो ।

धेरै पढिएको