२१ जेष्ठ २०८१, सोमबार
Follow Us

राष्ट्रपति महोदय, दुवै जाली/किर्ते हुन्क: मल थापा

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७८, शुक्रबार १३:०६

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुवै दाबी खारेज गर्न सुझाव दिएका छन् । उनले निर्वाचनको घोषणा गर्न माग पनि गरेका छन् ।

उनले ट्विट गर्दै लेखेका छन् ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’ आधार छैन । दुवै जाली किर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’