२१ जेष्ठ २०८१, सोमबार
Follow Us

काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७८, शनिबार १५:३२

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,३२८ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् ।

शनिबार देशभरमा भने ८,९८० जना संक्रमित भेटिएका छन् । शनिबार एकै दिन ८,८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौंमा हालसम्म १ लाख ७५ हजार ५६४ जनामा संक्रमण देखिएको छ भने त्यसमध्ये १ लाख ३१ हजार जना निको हुँदा १४०३ जनाको मृत्यु भएको छ । हाल काठमाडौंमा २० हजार १६६ जना सक्रिय संक्रमित मन्त्रालयले जनाएको छ ।

यस्तै भक्तपुरमा हालसम्म १७ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १३ हजार १०० जना निको भएका छन् । यस्तै २७४ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा अहिले पनि ६ ४ हजार ४४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ललितपुरमा हालसम्म २९ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये २३ हजार १६८ जना निको भएका छन् । यस्तै ६ हजार ४४८ जना सक्रिय संक्रमित हुँदा ३६७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।