१६ बैशाख २०८१, आईतवार
Follow Us

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७८, शनिबार १५:३५

काठमाडौं । नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएका छन् । तर पार्टीले ११ जनालाई मात्र स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।