१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना नियन्त्रण नगरी निष्पक्ष र स्वतन्त्र चुनाव हुदैन्: राप्रपा

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७८, आईतवार १२:३६

काठमाडौँ । राप्रपाले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएको छ ।

आज बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भए पनि महामारी नियन्त्रण नभएसम्म चुनाव निष्पक्ष र स्वतन्त्र नहुने निश्कर्ष निकालेको हो ।

त्यस्तै चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न पनि राप्रपाले माग गरेको छ ।