१५ बैशाख २०८१, शनिबार
Follow Us

थप ७९१४ जना संक्रमित, ७६६४ जना निको

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७८, आईतवार १२:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप १९३ जनाको मृत्यु
यो अवधिमा कोरोनाका कारण १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् । मन्त्रालयका अनुसार यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

उपत्यकामा थप २८२१ संक्रमित
पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।