१६ बैशाख २०८१, आईतवार
Follow Us

केही दिनमा संसद पुन स्थापना हुन्छ: गगन थापा

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७८, सोमबार १०:१६

काठमाडौं । नेपाली कांग्रेसको युवा नेता गगन कुमार थापाले अदालतले संसद पुन स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको धारा र अदालतले केही समय अगाडि गरेको संविधानको व्याख्या अनुसार दतालतले संसद पुन स्थापन गर्ने दाबी गरेका छन् । उनले केही दिनमा नै संसद पुन स्थापना हुने बताए ।

उनले आफूहरु अहिले संसद पुन स्थापनको लागि अदालत आइरहनु पर्दा खुृसी नलागेको समेत बताए । बहुमत सांसदहरुको हस्ताक्षरलाई राष्ट्रपतिले अवैधानिक ठहर गर्दै संसद विघटन गरेकाले अहिले ५४ प्रतिशत सांसदहरु आफै उपस्थित भएर अदालतमा निवेदन गर्नु परेको बताए ।

उनले आफूहरुले संविधान लेख्दै गर्दा यस्ता संविधान विरोधी, गैर जिम्मेवार, स्वच्छाचारी कार्यकारी प्रमुख आउँला भन्ने कल्पना नगरेका बताए । थापाले संविधानको ५७ (५) सम्म नआउँदा संसदमा कसैलेपनि ओलीलाई हटाउने अवस्था नरहेको समेत उनले बताए ।