गोरखा । जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको घरमा टेवा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङ स्थित गुरुङको घर पछाडी टेवा पर्खाल निर्माणका लागी जग खन्ने क्रममा सोमवार माटोको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा ४८ बर्षीय काले गुरुङ र ३५ बर्षीय भिम बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै सोही ठाउँका स्थानीय हुन् ।