१८ बैशाख २०८१, मंगलवार
Follow Us

जवरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७८, बुधबार ०४:३२

स्याङ्जा । विरुवा गाउँपालिकामा बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

दमैले २० वर्षीय युवतीलाई बाख्रा चराउन गएको बेलामा सोही ठाउँको ओढारमा पहिलोपटक २०७७ असार महिनामा र अन्तिम पटक २०७७ माघ ४ गते दिउँसो अन्दाजी १ बजे जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ खुदी बस्ने ६० वर्षीय दुर्गबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ परेका दमैलाई जबरजस्ती करणी मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।