१८ बैशाख २०८१, मंगलवार
Follow Us

हसियाले गर्धन रेटेर बाबुद्वारा २० वर्षीया छोरीको हत्या

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७८, बिहीबार ०६:०५

बाँके । बाँकेको कोहलपुरमा बुवाले  छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका-१२ चप्परगौडीमा आफ्नै बुवाले हसियाले गर्धन रेटेर अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो ।

बुधबार राती करिब ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको गर्धन (घाँटी) मा हसिया प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । हसिया प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरको संचार शाखाले जनाएको छ ।

प्रहरीका अनुसार घटना स्थलमा घटनामा प्रयोग गरीको आँसी बरामद गरीएको छ । नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पारीवारीक विवादका कारण घटना भएको बताउँदै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको जनाएको छ ।