६ श्रावण २०८२, मंगलवार
Follow Us

एकै दिन ७,२२६ जनाले जिते कोरोना

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७८, बिहीबार ११:१२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । यो अवधिमा थप ७ हजार २२६ जना निको भएका हुन् ।

६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो
नेपालमा लगाताकार कोरोना भाइरसबाट संक्रमण हुने भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढेको हो । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

धेरै पढिएको