२३ बैशाख २०८१, आईतवार
Follow Us

५३ लाख ८० हजार नगद सहित हुण्डी कारोबारी पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार ११:३९

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले त्रिपन्न लाख असी हजार रुपयाँ सहित हुण्डी कारोबारी २ जना लाई पक्राउ गरेको छ । प्रहरीले बारा प्रसौनी वडा नं.६ का २६ बर्षिय शिवआनन्द गुप्ता र वीरगञ्ज वडा नं.११ श्रीपुर बस्ने १९ बर्षिय प्रकाश जैसवाललाई पक्राउ गरेको हो । प्रहरीले जैसवालले बोकेको झोला जाँच गर्दा चौबीस लाख रुपयाँ र गुप्ताको डेराबाट उनन्तीस लाख असी हजार रुपयाँ बरामद गरेको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य हुण्डी कारोबारीलाई समेत पक्राउ गर्ने प्रहरीले जनाएको छ ।