२४ बैशाख २०८१, सोमबार
Follow Us

चिनियाँ खाेप केही दिनमा नेपाल आइपुग्ने

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७८, शनिबार ०५:२३

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको छ ।

खोप केही दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको थियाे ।

यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ । हालसम्म दक्षिण एशियामा बाङ्ग्लादेश र श्रीलङ्कासहितका देशलाई उपलब्ध गराइएकोभन्दा बढी कोभिड खोप चीनले नेपाललाई अनुदानमा दिएको बताइएको छ ।