८ जेष्ठ २०८१, मंगलवार
Follow Us

थप ४ हजार ४८७ जना संक्रमित, ६ हजार ८० संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १६:०७

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ४८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ६ आरटी पिसिआर र ७४६ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । यीमध्ये १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

शनिबार देशभर ६ हजार ८० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८० जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ३४ हजार ७५० जना पुगेको छ । निको हुने दर ७८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ११६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ सय पुगेको छ ।