२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा चार जनाको दावी (नामावली सहित)

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७८, सोमबार ०८:०९

लण्डन । नेपाल पत्रकार महासंघ यूकेको १३ जुनमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शाखाको निर्वाचन समितिले आइतवार साँझ प्रकाशित गरेको सूचना अनुसार ध्रुवराज अर्याल, बिमला सेने, बिपीन निरौला र श्याम लुईटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा दिनेश परियार, संजय कंडेल, उपाध्यक्षमा शिव भण्डारी, एभ्रेष्ट गौतम, महासचिवमा नरेन्द्र बस्नेत, जगन कार्की, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मन्जु भण्डारी, खेमराज रानाभाट, कोषाध्यक्षमा सबिन्द्र कुमार गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।

१५ जना रहने कार्यसमितिको ६ जना सदस्यमा जम्मा ४ जनाको उम्मेदवारी परेको छ । कार्यसमितिको सदस्यको लागि गोमा राना, जयराम तामाङ, विश्वदिप तिगेला र नगेन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

शाखाको निर्वाचन पोष्टल तथा प्रत्यक्ष रुपमा गर्ने तयारी गरिएको छ । शाखाको महाधिवेशनको लागि नेपाल पत्रकार महासंघले बरिष्ठपत्रकार भगिरथ योगीलाई केन्द्रिय प्रतिनिधीको रुपमा खटाएको छ।