२३ बैशाख २०८१, आईतवार
Follow Us

मलेसियामा भ्यान दुर्घटनामा चालकसहित १ नेपालीको मृत्यु, अन्य ८ नेपाली घाइते

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७८, बुधबार १५:२२

काठमाडौं। मलेसियाको जोहर बारुमा एक सेक्युरिटी भ्यान दुर्घटनामा १ जना नेपालीको मृत्यु भएको छ । अन्य ८ जना नेपाली घाइते भएका छन् । दुर्घटनामा गाडी चालक स्थानीय मलेसियालीको पनि मृत्यु भएको छ । लार्किन फायर स्टेशनका प्रमुख डेप्युटी फायर सुपरिटेन्डेन्ट मोहम्मद सुहाइमी अब्दुल जमालले मलेमेलसँग कुरा गर्दै एक स्थानीयले चलाइरहेको टोयोटा हाइस भ्यानमा ९ जना नेपाली सुरक्षा गार्ड रहेको बताएका छन् ।

बुधबार बिहान भएको दुर्घटनाको विषयमा जारी गरिएको वक्तव्यमा मोहम्मद सुहाइमीले भनेका छन् ‘हाम्रो टिम घटनास्थलमा पुग्दा दुर्घटनाग्रस्त भ्यान पहिले सडकमा घिसारिएको र रोड ब्यारियसमा ठोक्किएपछि ओभरटर्न भएर उल्टिएको देखिएको छ ।’ मोहम्मद सुहाइमीका अनुसार दुर्घटनाग्रस्त भ्यानमा चालकसहित १० जना थिए । ती सबैको उमेर २५ देखि ४० वर्ष बीचमा रहेको उनले बताए ।

‘दुर्घटनामा परेका गाडी चालक स्थानीय हुन् अरु ९ जना सबै नेपाली हुन् जो सुरक्षा गार्डको काम गर्थे’ उनले भने ‘मृत्यु हुने एक जना चालक हुन् अर्का मृतक चालकसँगै अगाडिको सिटमा बसेका थिए ।’ अन्य घाइतेहरुमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । बाँकी ५ जना भने सामान्य चोट लागेर बचेका छन् ।