२३ बैशाख २०८१, आईतवार
Follow Us

ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७८, बिहीबार ०४:५८

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बलाएका छन् । आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

यस्तै ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ। यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको छ । उक्त बैठक अहिले ११ बजे बैठक बस्ने तयारीमा रहेको छ ।