२३ बैशाख २०८१, आईतवार
Follow Us

भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७८, बिहीबार ०५:०३

काठमाडौं । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ ।

भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरूको स्वस्थ रहेको जनाइएको छ । आगामी महिना ५सय २५ जना बालबालिकामा खोपको परीक्षण गरिने भारतीय संचार माध्यमले जनाएको छ । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ ।

त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ । हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत भारतका नेताहरुले बालबालिकालाई पनि जतिसक्दो छिटो कोरोना खोप दिलाउनुपर्ने धारणा राख्दै आएका छन् ।