६ श्रावण २०८२, मंगलवार
Follow Us

६८२५ कोरोना संक्रमित थपिए, ७५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १२:३३

काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट ६८२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५६२ जनाको पीसीआर र ३२११ जनाको एन्टीजेन गरी २१७७३ जनाको परीक्षण गर्दा ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५९०४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ । गत २४ घण्टामा काठमाडौंमा १६३०, भक्तपुर १२९ र ललितपुरमा २९८ जना गरी २०५७ जनामा संक्रमण पुष्टि भएको छ ।

धेरै पढिएको