२३ बैशाख २०८१, आईतवार
Follow Us

कैलालीमा कालो ढुसी संक्रमित पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १२:४४

धनगढी । सेती प्रादेशिक अस्पताललमा उपचाररत एकजना कालो ढुसी संक्रमितको मृत्यु भएको छ। तीन दिन अघिदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका–६ तुलसीपुरका मिर्गौलासम्बन्धी रोगबाट ग्रसित ६५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

जेठ १८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखिएपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको थियो ।