२३ बैशाख २०८१, आईतवार
Follow Us

समाचार सच्याउन डेलीमेललाई नेपाली दुतावास लन्डनको पत्र

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७८, बिहीबार १९:३८

लन्डन । आधारहिन समाचार प्रकाशन गरेको र त्यसलाई सच्याउन आग्रह गर्दै बेलायतस्थित नेपाली दुतावास लन्डनकोले डेलीमेल अखबारलाई पत्राचार गरेको छ ।

उक्त अखबारले विहिबारको संस्करणमा कोरोनाभाइरसको नेपाल भेरिएन्ट युरोपमा ब्यापक रुपमा फैलिएकाले बिदा मनाउने गतिविधिलाई अवरुद्ध गरेको भन्दै समाचार लेखेको थियो ।

लन्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार तथ्यहिन भएकाले सच्याउन आग्रह गरिएको जनाएको हो ।

साथै, दूतावासले नेपालमा अहिलेसम्म अल्फा (बेलायती) र डेल्टा (भारतीय) भेरिएन्टबाहेक अन्य प्रजाति नभेटिएको समेत जनाएको छ । डेलीमेलको उक्त समाचारप्रति डब्लुएचओको नेपाल कार्यालय र स्वास्थ्य मन्त्रालयले खण्डन गरिसकेका छन् ।