२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेमा करिब ५ हजार सदस्य !

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७८, मंगलवार ११:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी ३१ जुलाईमा हुने अधिवेसनको लागि करिब ५ हजार जनाले सदस्यताका लागि आवेदन दिएका छन् ।

नयाँ सदस्यता लिन मंगलवार विहानसम्म ४ हजार ९ सय जनाले आवेदन दिएका हुन् ती मध्ये ४ हजार २ सय जनाको प्रमाणिकरण भएको छ ।

सो अधिवेसनमा मतदान गर्न र उम्मेदवार बन्नको लागि १० जुन भित्र अनिवार्य सदस्यता दिनु पर्ने एनआरएनए यूकेले जनाएको छ । बाँकी दुई दिनमा थप १ हजार सदस्यता थपिने अपेक्षा गरिएको छ ।

संघको नयाँ नेतृत्वको लागि उपाध्यक्षद्धय रोजिना प्रधान राई, प्रेम गाहामगर र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दिपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि फेसबुक मार्फत अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका अर्का उपाध्यक्ष सुनिल खड्काले मैदान छोडेका छन् ।