२५ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अनुजा प्रधानद्वारा एनआरएनए बेल्जियमको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन डट कम्
११ असार २०७८, शुक्रबार २१:०४

लण्डन । बेल्जियमस्थित एक सफल महिला व्यवसायीले गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् ।
संघको आगामी २५ जुलाईमा हुने निर्वाचनमा गैरआवासीय नेपाली संघकी केन्द्रीय सदस्य अनुजा प्रधानले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
एनआरएनएको अभियानमा सन् २००६ देखी सकृय प्रधानले एनआरएनए बेल्जियमको सचिव र उपाध्यक्षको समेत जिम्मेवारी सफलता पूर्वक पुरा गरेकी छन् ।

गत निर्वाचनमा नै अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेकी प्रधानले सहमतिको वातावरणको लागि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
प्रधानले आफ्नो उम्मेदवारी गत कार्यकाल देखिनै कायम रहेको वताइन् ।

‘मेरो अनुभव र गैरआवासीय नेपालीहरुको आग्रहमा आफुले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने विचार गरेकी छु’ प्रधानले भनिन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा दोस्रो पुस्ताको सहभागीताको ग्यारेन्टीको विषयलाई मुख्य अजेण्डा बनाउने बताइन् ।

उनले विगत १६ वर्ष देखि बेल्जियमा होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएकी छन् । उनले निकट भविष्यमा आफ्ना प्रतिबद्धता सहित एक सार्वजनिक कार्यक्रम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जानकारी दिइन् ।