२९ असार २०८२, आईतवार
Follow Us

अमेरिकामा एनआरएनए केन्द्रीय प्रतिनिधि छनोट प्रकृया सुरू

नेपालब्रिटेन डट कम्
१२ असार २०७८, शनिबार २३:००

लण्डन । अमेरिकाबाट गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधी छनोट प्रकृया सुरू भएको छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाद्धारा गठित डा राजन पन्तको संयोजकत्व रहेको निर्वाचन समितिले सो प्रकृया अघि बढाएको हो ।

डा पन्त संयोजक, विकास उप्रती र शंकर खड्का सदश्य रहेको उक्त समितिद्धारा शनिवार जारी विज्ञप्तिमा आईसीसी र एनसीसीको विद्यान अनुसार डेलिगेट छनौट प्रकृया अगाडी वढाईएको उल्लेख छ । जुलाई एक भित्र सम्पुर्ण प्रकृया पुरा गर्ने पनि समितिले जनाएको छ ।

यसैबीच एनआरएनए अमेरिकाको लागि निर्वाचनमा उपविजेता भएका कृष्ण लामिछानेले एक विज्ञप्ति जारी गर्दै विधान अनुरूप केन्द्रीय प्रतिनिधी छनोट गर्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा ‘एनआरएनए अमेरिका निर्वाचन समितिले गरेको डेलिगेट चयन प्रकृया आईसीसी र एनसीसीको विधान अनुसार भएको हामीले पाएनौं । एक पटकको नेपाली सधैंको नेपाली भन्ने उद्देश्यका साथ अभियानका रुपमा शुरु भएको एनआरएनए आईसीसी हाम्रो मुख्य संस्था हो । एनसीसी यसका आधार स्तम्भ हुन् । यस आधारमा आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छनौटको पहिले र मुख्य आधार भनेको आईसीसीको विधान नै हो । उक्त विधानमा डेलिगेट छान्ने स्पष्ट आधार दिईएको छ । विद्यानमा २५ प्रतिशत सदश्य चुनाववाट चयन गर्नु पर्ने स्पष्ट व्यवस्था छ । ६५ प्रतिशत एनसीसी र आईसीसीमा प्रतिनिधित्व गरेका सदश्यका आधारमा र बांकी १० प्रतिशत कार्यसमितिले चयन गर्ने भन्ने उल्लेख छ । यस अनुसार ६५ प्रतिशत भित्र पर्ने डेलिगेटको पहिलो सुची केही साता अघि नै सार्वजनिक भईरहेको’ उल्लेख गरेका छन् ।

कसरी छानिन्छन् एनआरएनए केन्द्रीय प्रतिनिधि ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिवेशनको लागि प्रतिनिधि चयन यसअघि नै सुरु भएको जनाएको छ । एनआरएनएका महासचिव डा हेम राज शर्माका अनुसार पहिलो चरणमा संघका राष्ट्रिय समितिबाट छानिने ६५ प्रतिशत प्रतिनिधी छनोट प्रकृया सुरु भैसकेको छ ।

संघको गत जनवरी महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनद्वारा संसोधित विधानले संघका संरक्षक, सल्लाहकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी र सदस्यहरूका लागि अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न सक्ने विशेष व्यवस्था गरेको छ ।

संघको वैधानिक व्यवस्था अनुरुप राष्ट्रिय समन्वय परिषद्बाट छनोट हुने प्रतिनिधिमध्ये ६५ प्रतिशत राष्ट्रिय समितिको लागि छुट्याइएको डा शर्माले जनाए । २५ प्रतिशत निर्वाचन र १० प्रतिशत अध्यक्षले चयन गर्ने प्रावधान विधानमा रहेको छ ।

संघको राष्ट्रिय महाधिवेशनबाट छनोट भएका प्रतिनिधिले मात्र आगामी महाधिवेशनमा उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने प्रावधान रहेको छ ।

संघले आगामी अक्टोबर, २०२१ मा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी चयनका लागि हुने निर्वाचनको मतदानमा सहभागी हुन चाहनेहरुले आफ्नो पञ्जिकृत सदस्यता नवीकरण एवं प्रतिनिधि बन्नको लागि आफ्नो नाम राष्ट्रिय समन्वय परिषदमा दर्ता गराउनु आग्रह गरेको छ ।


हेर्नुहोस् डा पन्त संयोजक रहेको समितीको विज्ञप्ति पुर्ण विवरण यस प्रकार छ ।

२६, जुन २०२१

एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छनौटका विषयमा निर्वाचन कमिसनबाट आई सी सी को बिधानलाई र एन सी सी को बिघानलाई गलत तरीका बाट ब्याख्या गरी निर्वाचन गर्नलागेको परिप्रेक्ष्यमा जुन २४ तारिख ल्च्ल्ब् ल्ऋऋ अमेरिकाले प्रेसबिज्ञेप्ती जारी गर्दै प्रतिनिधि छनौटमा आएका समस्या समाधान गरी मभभिनबतभक छनौंट गर्न संघको कार्यसमितिले विधान वमोजिम २५ प्रतिशत प्रतिनिधिको टुंगो लगाउनका निम्ति तीन सदस्यीय समिति बनाएको सर्बबिधितै छ ।
संघको बिज्ञप्तीमा स्पष्ट भनिएको छ की निर्वाचन कमिटीले आई सी सी डेलिगेटस् छनौंट सम्बन्धी कुनै पनि प्रक्रिया अगाडी बडाउने छैन यदी उक्त प्रतिनिधि छनौट सम्बन्धी केही गर्नुपरेमा उक्त तीन सदस्यीय समितीसंग छलफल गरी गर्न सक्नेछ र यो तीन सदस्यीय समितीले गरेको निर्णयनै अन्तिम हुनेछ भनिएको छ ।
तसर्थ हामीले आईसीसी र एनसी सीको बिघान अनुसार प्रक्रिया अगाड़ी बढ़ाई सकेको याहाहरू समक्ष जानकारी गराउदै भोली आईतबार बाट डेलिगट्सका लागी नोमिनेशन खोलि जुलाई १ भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी एन सी सी , रिजनल कमिटी आर। सी मार्फत आई सी सी लाई बुझाईने छ ।

अन्तिममा निर्वाचन समितिले अगाडी वढाएको डेलिगेट छनौट प्रकृया बिधान संव्बत नरहेको र यसले आधिकारिकता पनि नपाउने सवैलाई जानकारी गराउंछौं ।

यहांहरुको सहयोग र समर्थनका लागि धन्यवाद

डा. राजन पन्त – संयोजक
शंकर खड्का – सदस्य
बिकाश उप्रेती – सदस्य

धेरै पढिएको