२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनए कार्यकारी निर्देशक राणाले लिए अवकास

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार १६:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी निर्देशक राजेश राणाले अवकास लिएका छन् ।

गैरआवासीय नेपाली संघ उच्चस्रोतका अनुसार राणाले कर्मचारी नियमावली बमोजिम ५८ वर्षको हद काटे पछि यसै साता देखि नियमित अवकास लिएका हुन् ।

लामो समयदेखि सचिवालयको जिम्मेवारी सम्हालेका राणाले ५८ वर्ष पार गरिसकेका छन् । स्रोतका अनुसार उनलाई कर्मचारी नियमावली अनुसार अवकाश लिन संघले पत्रचार गरिसकेको छ ।

‘उमेरका कारण उहाँले अवकाश लिनुपर्ने बेला भएको हो । नियमअनुसार यो स्वभाविक हो,’ श्रोत भन्छ्, ‘कहिले, कतिसम्म उहाँ रहने भने कुरामा छलफल हुँदैछ ।’

संघका प्रवक्ता डिबी क्षेत्रीले भने राणाको अवकाशबारे आधिकार जानकारी आफूसँग जानकारी नभएको बताए । ‘अहिलेसम्म मलाई औपचारिक रुपमा त्यस्तो जानकारी छैन् । नियमअनुसार अवकाश लिनुपर्ने समय भएको हो त्यो प्रक्रियाअनुरुप अघि बढ्छ ।’

राणाले नियमअनुसार आफुले अवकाश लिन लागेको पुष्टि गरे । उनले भने, ‘५८ वर्ष पूरा भएको हो । उमेर पुगेपछि नियमअनुसार अवकाश लिनुपर्ने नियम छ । नियम त मान्नु पर्छ । तर, उनले औपचारिक रुपमा पत्र प्राप्त नगरेको जिकीर गरे ।
संघले राणासँगै सचिवालयमा कार्यरत कर्मचारी अनिल ढुँगानाको समेत ५८ वर्षको उमेर हद नागेको श्रोतले बतायो ।

राणा पटक पटक गरेर गैरआवासीय नेपाली संघको सचिवालयमा विगत १० वर्ष भन्दा बढी कार्यरत थिए ।

गैरआवासीय नेपाली संघभित्र यसअघि हेमन्त दवाडी र राणाबीच कार्यकारी पदको विषयमा विवाद उत्पन्न भएको थियो । पछि दवाडीले उमेर हदकै कारणले अवकाश लिएका थिए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो चुनावी अजेण्डा अनुरुप यसअघिनै सचिवालयको पुर्नरसंरचना स्वरुप कर्मचारी नियमावली परिवर्तन गरेर सचिवालयमा सुधारको काम अघि बढाएका थिए । संघभित्र सचिवालयको पुर्नरसंरचनाको तयारी भैरहेको बताएको छ ।

– प्रवासखबर

धेरै पढिएको