२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमा दिउँसोदेखि मुसलधारे वर्षा

नेपालब्रिटेन संवाददाता
२६ असार २०७८, शनिबार १२:४९

काठमाडौं । बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्रमा डुवान भएको छ । बर्षापछि पानी जाने निकास नभएपछि सो क्षेत्रमा डुवान भएको हो ।

कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न थियो ।

सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो । धोवी खोला कोरिडोरलाई व्यवस्थीत बनाइ पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुवानमा पर्दै आएको छ ।