२४ बैशाख २०८१, सोमबार
Follow Us

एमाले स्थायी कमिटी बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२७ असार २०७८, आईतवार १३:२५

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ४ बजेका लागि बोलाइएको बैठक असार २८ गतेसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलका सहमति अनुमोदनका लागि बैठक बोलाइएको थियो । तर, सिंहदरवारमा जारी कार्यदल बैठकले सहमति घोषणा गर्न नसकेपछि स्थायी कमिटी बैठक नै रोकिएको हो । बिहान १० बजेदेखि सुरु भएको कार्यदल बैठक अझै चलिरहेको छ ।