२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कोरोना रोकथामका लागि सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए देउवाले’

नेपालब्रिटेन डट कम्
२७ असार २०७८, आईतवार १८:३८

लण्डन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुको योगदान र भूमिकाको पार्टीले सधैं सम्मान गर्ने बताएका छन्।
विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापति र एनआरएनमा आवद्ध कांग्रेस निकट प्रतिनिधिहरुसंग आइतवार भएको भर्चुअल कार्यक्रममा सभापति देउबाले जनसम्पर्क समितिका साथीहरुले अवैतनिक राजदूतको रुपमा काम गरिरहेको भन्दै आभार समेत व्यक्त गरे ।

‘तपाईंहरुले वर्तमान परिस्थितिमा ओली सरकारले भन्दा बढी योगदान र काम गर्नु भएको छ’ कोभिड रोकथाम र उपचारका लागि पार्टीको आव्हानमा भएको आर्थिक सहयोग संकलन अभियानका दाता र एनआरएन समुदायलाई धन्यवाद दिन आयोजित आइतवारको कार्यक्रममा सभापति देउवाले भने। सभापति देउवाको भनाई थियो-‘ओली सरकारलाई आफ्ना नागरिक मरुन् कि बाँचुन् कुनै मतलब छैन,यस्तो विषम परिस्थितिमा पार्टीको आव्हानमा तपाईंहरुले जसरी सहयोग गर्नुभयो त्यसका लागि म आभार र धन्व्याद व्यक्त गर्दछु।’

कांग्रेसको १४ औं महाधिवेशन सबैको सहभागितामा हुने भन्दै सभापति देउबाले जनसम्पर्क समितिका सभापतिहरुलाई पनि सबैलाई सहभागी गराएर आ आफ्नो मुलुकमा अधिवेशन गरी प्रतिनिधि चयन गर्न निर्देशन दिए । ‘नेपालको कानुन र संविधानका कारण हामीले हाम्रा साथीहरुलाई अधिवेशनमा सहभागी गराउन नसक्ने भयौं,यसका लागि म आफु पनि दु:खित छु, भोलीका दिनमा यो समस्या समस्या समाधानका लागि के गर्न सकिन्छ त्यसका लागि हामी गम्भीर भएर पहल गर्नेछौं ‘ नेपाली नागरिकले मात्र महाधिवेशन प्रतिनिधि बन्न र जनसम्पर्क समितिको सभापति बन्न पाउने बैधानिक अप्ठ्यारोका बारे सभापति देउवाको भनाई थियो।

कार्यक्रमको समन्वय गरेका नेपाली कांग्रेसका सह महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डाक्टर प्रकाशशरण महतले पार्टीको आव्हानमा विश्वभरका जनसम्पर्क समिति र एनआरएनका साथीहरुले गरेको सहयोगको पार्टीले उच्च मूल्यांकन गरेको भन्दै आभार व्यक्त गरेका थिए। जनसम्पर्क समितिको अप्ठ्यारो गाँठो फुकाउने विषयमा आफुहरुले गरेको प्रयास नेपालको कानुन र संविधानसंग बाझिने भएकोले सम्भव नभएकोले सबैलाई यो समस्या बुझेर अघि बह्दं आग्रह गरेका थिए।

कार्यक्रममा अनुगमन समितिका सदस्य समेत रहेका कांग्रेस नेता एन पी साउदले जनसम्पर्क समितिका साथीहरुले गरेको सहयोगलाई पार्टीले उच्च सम्मान गरेको भन्दै नजिक आउँदै गरेको १४ औं महाधिवेशनलाई लक्षित गरेर जनसम्पर्क समितिलाई अधिवेशन सम्पन्न गर्न अनुरोध गरे।

जनसम्पर्क समितिहरुको तर्फबाट आर्थिक संकलन गर्नका लागि संयोजन गरेका कांग्रेसका आमान्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले
पार्टी सभापति शेरबहादुर देउवाको परिपत्र र नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिको समन्वयमा नेपालमा कोरोना रोकथाम र उपचारका लागि विश्वभरका जनसम्पर्क समितिले पार्टी कोषमा एक करोड ३२ लाख भन्दा बढी रकम जम्मा गरेको जानकारी गराए। नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति समेत रहेका विष्टले अमेरिकाको तर्फबाट मात्र पार्टी कोषमा ४८ लाख रुपैयाँ जम्मा गरेको जानकारी गराएका थिए।


पार्टी कोषमा जम्मा गरिएको रकम मध्ये करीब ६१ लाख रुपैंयाको अक्सिजन कन्सर्नट्रेटर खरीद गरी कोरोना अधिक प्रभावित जिल्लामा विअतरन गरिएको छ। हरेक जिल्लामा आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गर्दै जाने पार्टीको नीति अनुसार बाँकी रकम कोरोना उपचार र सहयोगका लागि नै खर्च गरिने जानकारी कोभिड अनुगमन समितिका संयोजक सह महामत्री डाक्टर महतले गराएका थिए। कार्यक्रममा नेपाली जनसम्पर्क समन्वय विभाग प्रमूख एवं कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित विश्वका सबै देशका जनसम्पर्क समितिका सभापति र कांग्रेस निकट एनआरएनका प्रतिनिधिहरुको सहभागिता थियो।

कांग्रेसको आव्हानमा विभिन्न देशका जनसम्पर्क समितिहरुले संकलन गरेको रकम विवरण यस्तो छ।
१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००
२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००
३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००
४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००
५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००
६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००
७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००
८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००
९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००
१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००
११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००
१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५
१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००
१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००
१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००
१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००
१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००
१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००
१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००
२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००
२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००
२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००
२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००
२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००
२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००
२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००
२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००
जम्मा ने.रु.१,३२,३४,७८३.५५ (अक्षेरुपी: एक करोड बत्तीस लाख चौतिस हजार सात सय त्रियासी रुपैयाँ र पचपन्न पैसा)