२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन तालिका संशोधन, उम्मेदवारी दर्ता १९ जुलाईमा

नेपालब्रिटेन डट कम्
३१ असार २०७८, बिहीबार २३:०५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पूर्व निर्धारित निर्वाचन तालिकामा हेरफेर गरिएको छ।

निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले एक सूचना जारी गर्दै यसअघि प्रकाशित निर्वाचनको तालिका परिवर्तन गरेर नयां कार्यतालिका सार्वजनिक गरेका हुन् ।

बिहीबार साँझ प्रकाशित नयां तालिका अनुसार उम्मेदवारी दर्ता १९ जुलाईमा साँझ ८ बजेभित्र हुने भएको छ ।

मतदाताहरुको नामावलीमा परेको दावी विरोधबारेको छानबिनले पूर्णता पाइनसकेको कारण निर्वाचन कार्यक्रम हेरफेर गरिएको संयोजक कंडेलले उल्लेख गरेका छन् ।

एनआरएनए यूके निर्वाचन यही जुलाई ३१ मा अनलाइन माध्यमबाट हुँदैछ ।