१२ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए यूके उपाध्यक्षमा पवन शर्माको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७८, शनिबार १८:५६

लण्डन । बेलायतमा यतिखेर एनआरएनए यूके निर्वाचनको सरगर्मी बढेको छ । ३१ जुलाई हुने निर्वाचनमा ‘भाइटल पोस्ट’ मा उमेद्ववारी घोषणाको क्रम पनि शुरु भइसकेको छ ।

यही सिलसिलामा एक जना सशक्त उम्मेद्वार पवन शर्मा पनि चुनावी मैदानमा उत्रिएका छन्। उनले एनआरएनए यूकेको उपाध्यक्ष पदमा उमेद्ववारी दिने बताए ।

एनआरएनए यूकेको संस्थागत सुधार उनको प्रमुख एजेन्डा छ ।

यो संस्थाको सदस्यता वितरण प्रणाली नै परिवर्तन गर्ने, यसलाई ‘नन प्रोफिट अर्गनाइजेसन’ मा लैजाने, नेपाली भाषा तथा कला संस्कृतिको प्रवर्धन गर्ने उनका प्राथमिकता छन्।

विगतमा पीटरबरो नेपाली समाजमा फन्डिङ कन्सेप्टलाई मूर्त रूप दिन सफल उनी एनआरएनए यूकेमा पनि त्यही कन्सेप्ट लागू गर्न पहल गर्ने सोचमा छन्।

नेपाली समुदायको प्रयोगका लागि सामुदायिक भवन निर्माण गर्न उनीसँग ‘कम्युनिटी एसेट ट्रान्सफर’ कन्सेप्ट पनि मनमा छ । सो परिकल्पना पीटरबरो नेपाली समाज र श्रीजनशिल लेस्टर समाजमा अगाडि बढिसकेको उनले बताए ।

मिडियाबाजी र अपत्यारिला आश्वासनबाट सधैं टाढा रहने पवनले आफूसँग अरु धेरै योजना भएको बताउँदै मत दिएर जिताउन सबैमा अपिल गरेका छन्

नेपाली समुदायले उनलाई बौद्धिक मात्र होइन, आर्थिक र सामाजिक रुपमा पनि सक्षम र भिजन भएका युवा उधमी मानेको छ । ‘डिसेन्ट पर्सनालिटी’ र बोलेको कुरा पुरा गर्ने स्वभावका कारण उनीबाट धेरैले आशा गरेका छन्।


को हुन् पवन ?

धेरै पढिएको