२१ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेलायतको बैठक २५ जुलाईमा

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७८, शनिबार २०:५८

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले क्रियाशील सदस्यता वितरण तथा संकलन कार्यलाई तीब्रता दिएको छ । सदस्यता वितरणलाई तीव्रता दिएको यूकेले सदस्य नवीकरण तथा नयाँ सबै फारम संकलन गर्ने कार्य गरिरहेको जनाएको हो । समितिले यही २५ जुलाईमा दिउँसो ११ बजे नमस्ते गोर्खा रेष्टुरेन्ट फेलथाममा बैठक आह्वान समेत गरेको जनसम्पर्क समितिका सभापति युवराज गुरुङले जानकारी दिए ।

नेपाल जनसम्पर्क समिति बेलायतको पाँचौ अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणको लागि यूकेको विभिन्न सात वटा क्षेत्रलगायत वेल्स, इंग्ल्याण्ड,स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी जम्मा १० वटा क्षेत्रमा वितरण समिति बनाएको छ ।
नेपाली कांग्रेसको परिपत्र अनुसार क्रियाशील सदस्यको मापदण्ड तथा शुल्क अनुसार रितपूर्वक आएको निवेदन तथा क्रियाशील सदस्यको फारम सभापति युवराज गुरुङले प्रमाणीत गरी केन्द्रमा सिफारिस गर्ने जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानवीन समितिले अन्तिम नामावली टुंगो लगाए पश्चात नेपाली जनसम्पर्क समिति यूकेको पाँचौ अधिवेशन तथा नेपाली कांग्रेसको चौथौ महाधिवेशन प्रतिनिधिको छनौट प्रक्रिया अगाडि बढ्ने जानकारी सभापति गुरुङले दिनुभयो ।

क्रियाशील सदस्यले नेपाली जनसम्पर्क समिति यूकेको पाँचौ कार्यसमिति तथा नेपाली कांग्रेसको चौथो महाधिवेशन प्रतिनिधि छनौट गर्नेछ ।