२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा तीन जनाको उम्मेदवारी (नामावली सहित)

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७८, सोमबार २०:३७

लन्डन । गैरआवासीय नेपाली यूके (एनआरएनए) आसन्न निर्वाचनको लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जुलाई ३१ तारिख हुने निर्वाचनको लागि अध्यक्षमा रोजीना प्रधान, राई, दिपक श्रेष्ठ, र प्रेम गाहामगरले उम्मेदवारी दर्ता गरेका हुन् ।

एनआरएनए यूकेको निर्वाचन समितिले तोकेको समयसिमा सोमबार साँझ ८ बजेभित्र सो उम्मेदवारी दर्ता प्रकृया पूरा भएको हो ।

महासचिव पदमा डा. मुकुन्द बास्तोला र जीत रानाभाटको उम्मेदवारी परेको छ । अध्यक्षका प्रत्यासी गाहामगरको पक्षबाट खुशी लिम्बुले उम्मेदवारी दिएका छन् ।

संघको आइसीसी सदस्यमा दिनेश घिमिरे, एलएन पाण्डे, महेश अधिकारी, कोश्लेश्वर ढकाल, अर्क तिमल्सीना, केदार थपलीया, भिमलाल भट्टराई, राजेन्द्र पुढासैनी, समिर खनाल लगायतको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा पवन शर्मा, तेजेन्द्र रोका, सुनिल खड्का, गोविन्द खरेल र महिला उपाध्यक्षमा सरस्वती केसी, सकुन गुरुङ, परसुना कंडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सचिवमा डिएन खराल,बिष्णु चालिसे, विकाश गुरुङ (रक), जी आले, महिला सचिवमा कल्पना त्रिपाठी, एन घले गुरुङ, कोषाध्यक्षमा धनसरी राई (सुमित्रा), विष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, सशांक शर्मा, महिला संयोजकमा मणीकला राई गुरुङ, युवा संयोजकमा चन्दन गुरुङ, अनिल मल्लको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा सुशिल प्रजापति, इश्वर महर्जन, इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना गरि २० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै इंल्याण्ड परिषदको अध्यक्षमा डा. मिन रानाभाट र एलबीजेड गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रथम नामावली मंगलबार दिउंसो १ बजे प्रकाशित हुनेछ ।

दावीविरोधका लागि बुधबार दिउंसो १ बजेसम्मको समय छ भने उम्मेदवारको अन्तिम नामावली बिहीबार दिउँसो २ बजे प्रकाशन हुनेछ ।

मतदान जुलाई ३१ तारिख शनिबार पूरा दिन (०० – ००) देखि २३ ५९ सम्म) अनलाइन हुनेछ । निर्वाचन नतिजा घोषणा र शपथ अगष्ट १ तारिख ‘भर्चुअल’ रुपमा गरिनेछ ।

उम्मेदवारहरुको बिस्तृत नामावली औपाचारिक रुपमा प्रकाशन हुन बाँकी रहेको छ ।

वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषद निर्विरोध

एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्डमा सबै र इंग्ल्याण्डमा अधिकांश पदमा दोहोरो उम्मेदवारी परेको छ ।

इंग्ल्याण्ड परिषदमा अध्यक्षमा डा मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ ।

नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित दुवै परिषदका सिंगो कार्यसमिति निर्विरोध भएका छन् ।