२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबाट सातै जना एनआरएनए आइसीसी सदस्य निर्विरोध

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७८, बुधबार १४:३२

लन्डन । गैरआवासीय नेपाली यूके (एनआरएनए) आसन्न निर्वाचनमा ७ जना आइसीसी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिमा सोमबार साँझ ८ बजेभित्र दर्ता भएका ९ जना मध्ये दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि सबै पदमा निर्विरोध भएको हो ।

निर्विरोध हुने सदस्यहरुमा महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, राजेन्द्र पुडासैनी, समिर खनाल छन् । आइसीसी सदस्यहरु अर्क तिमल्सीना, केदार थपलीयाले सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।

उनीहरुको उम्मेदवारी फिर्ता भएको औपचारिक घोषणा हुन बांकीनै छ ।

जुलाई ३१ तारिख हुने निर्वाचनको लागि अध्यक्षमा रोजीना प्रधान,राई, दिपक श्रेष्ठ, र प्रेम गाहामगरले उम्मेदवारी परेको छ ।

निर्वाचन समितिद्धारा प्रकाशित पूर्वतालिका बमोजिम भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।