१६ जेष्ठ २०८१, बुधबार
Follow Us

जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७८, बुधबार १४:२४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरूपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए । यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ ।