२४ चैत्र २०८२, मंगलवार
Follow Us

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७८, सोमबार ११:१४

काठमाडौं । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उहाँले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताउनुभयो । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।

धेरै पढिएको