२५ भाद्र २०८२, बुधबार
Follow Us

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७९, बिहीबार ०२:५४

काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजानेबारे छलफल भइरहेको छ ।

चिकित्सकहरूले भण्डारीको परिवार र नेपाली कांग्रेसका नेताहरूसँग भण्डारीको स्वास्थ्य अवस्था र थप उपचारका विषयमा छलफल गरिरहेका छन् । छलफलपछि चिकित्सकको सुझावका आधारमा भारत लैजाने अथवा यहीँ उपचार गर्ने भन्ने विषय टुंगो लाग्ने भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।

भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।
भण्डारीलाई भेट्न नेताहरू आउने क्रम जारी छ । राति महामन्त्री विश्वप्रकनश शर्माले भेटेका थिए । बिहान गगन थापा, प्रदीप पौडेल, प्रदीप ज्ञवालीलगायत नेता अस्पताल पुगेर उनलाई भेटेका छन् ।
भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

धेरै पढिएको