१४ आश्विन २०८२, मंगलवार
Follow Us

दशैंका बेला कांग्रेस सभापति देउवाको ससुरालीमा सीआईबीको छापा

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०८२, मंगलवार ०६:५६

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सासुससुराको घर पनि छापा मारेको छ ।

आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।

छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।

सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

 

धेरै पढिएको