७ कार्तिक २०८२, शुक्रबार
Follow Us

खोलामा माछा मार्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०८२, बिहीबार १२:४४

काठमाडौं । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

धेरै पढिएको