६ कार्तिक २०८२, बिहीबार
Follow Us

‘छैन र माया’ गीतको भ्यूज करोड नाघ्यो

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८२, बिहीबार ०६:३९

म्याग्दी, कात्तिक ६ गते । म्याग्दीको मंगला गाउँपालिका –५ अर्मनका लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत ‘छैन र माया’ को युट्युबमा एक करोड भन्दा बढी भ्युज पुगेको छ ।

गायक दुतराजले दसैंको अवसर पारेर सार्वजनिक गरेको यो गीतले एक महिना पनि नपुग्दै करोडभन्दा बढी भ्यूज पाएको हो । दुतराज भन्छन्- ‘गीत रिलिजको २५ दिनमै गीतलाई एक करोडभन्दा बढी पटक हेरिदिनु भएको छ दर्शकहरुले । गायक प्रकाश दुतराजलाई स्वरमा मेलिना राईले पनि साथ दिनुभएको छ ।’

दसैंको समयमा रिलिज भएको यो गीतमा टिकटक, रिल्सलगायतका प्लेटफर्ममा समेत राम्रै चर्चा रहेको दुतराजको भनाइ छ । प्रकाशले पछिल्ला बर्षहरूमा सार्वजनिक गरेका गीतहरुले करोड क्लबमा समावेस हुनेक्रम चलेको छ । उहाँले रिलिज गरेका गीतहरु ‘रिमै’ पाँच करोड ५४ लाखमाथि, घर कता हो बैनीकोले चार करोड ६४ लाख माथि, रेशमले तीन करोड ६० लाख, जाम भो माइलीले दुई करोड ४२ लाख, जुन मायाँले एक करोड ६६ लाखभन्दा माथि भ्यूज कमाएको छ ।

मन भुल्छ बोलको गीतले एक करोड ३४ लाखभन्दा बढी दर्शकको मायाँ पाएको छ । उहाँले यसपाली सार्वजनिक गरेको ‘छैन र माया’ को शब्द तथा संगीत प्रकाश दुतराजकै हो । गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन् ।

मार्मिक प्रेमकथामा आधारित गीतको म्युजिक भिडिओ मुस्ताङ जिल्लाको रमणीय स्थान छुसाङ लगायतको स्थानमा खिचिएको छ ।

धेरै पढिएको