काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल आज (बिहिबार) पूर्व राष्ट्रपतिको निवास भंगाल पुगेका हुन् ।
भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन लगायतबारे छलफल गरेको गृहमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
सो क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवास समेत निरीक्षण गरेका थिए ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भण्डारीको निवासमा आगजनी र तोडफोड भएको थियो ।