१६ पुष २०८२, बुधबार
Follow Us

हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८२, बिहीबार ०५:४७

काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनः निर्माण अवधिभरका लागि श्रमिकहरूको रोजगारीको विषय समाधानका लागि भनी एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटल हाल बन्द छ । होटल पुनः निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी लागि सहमति गरेको जनाएको छ ।

‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन, ’ होटल व्यवस्थापनले भनेको छ ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । यसले कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ ।

मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्नुहुने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले स्पष्ट गरेको छ ।

धेरै पढिएको